चलचित्र विकास बोर्डको अध्यक्षमा ‘केशव भट्टराई’

चलचित्र विकास बोर्डको अध्यक्षमा ‘केशव भट्टराई’
मनोरन्जन

चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्रकर्मी केशव भट्टराई नियुक्त भएका छन् । चैत ४ गते बसेको मन्त्रिपषिद् बैठकले भट्टराईलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार प्रविधि तथा सूचना मन्त्री गोकुल बास्कोटाले बिहिबारको नियमित पत्रकार सम्मेलनमार्फत सो निर्णय सार्वजनिक गरेका हुन् ।

भट्टराई नेपाली चलचित्र क्षेत्रका पूराना कलाकार तथा निर्माता हुन् । उनले ‘सो सिम्पल’, ‘आफ्ना मान्छे’, लगायत आधा दर्जनभन्दा बढि फिल्म निर्माण गरेका छन् ।

उनले निर्माण गरेको पछिल्लो फिल्म ‘यात्राः अ म्यूजिकल भल्ग’ प्रदर्शनको तयारीमा रहेको छ ।

 

Post Comment