लसएन्जल्सका कलाकारहरूको अभियान “बन्दूक हिंसाको बिरुद्ध जनचेतना”

लसएन्जल्सका कलाकारहरूको अभियान “बन्दूक हिंसाको बिरुद्ध जनचेतना”
मनोरन्जन

हाल अमेरिकामा ठूलो समस्याको रुपमा बढिरहेको “बन्दूक हिंसाको बिरुद्ध जनचेतना” दिने भिडियोको प्रोमो क्यालिफोर्नियाको लसएन्जल्समा सार्वजनिक गरिएको छ ।

मुख्य कलाकारहरुमा न्युयोर्क फिल्म एकेडेमी लसएन्जल्सबाट स्नातक गरेका नेपाली समुदायका सुरज श्रेष्ठ र ब्राजिलिन मूलकी पुरस्कार बिजेता कलाकार रिब्बेका मोमोको मुख्य अभिनय रहेको छ ।

जस्मा एस राज प्रोडक्शनका एसराजको निर्देशन तथा छायांकन रहेको छ ।

उनले यस अघि नेपाली चर्चित धारावाहिक मेरी बास्सैमा निकै रुचाईएको भूमिका राईफलेका रुपमा प्रस्तुत भएका थिए । कान्तिपुर टेलिभिजनको घरबेटी बा टेलिश्रखलामा समेत प्रमुख भूमिकामा रहेर अभिनय गर्दै हाल अमेरिकामा समेत जनचेतनामुलक भिडियोहरु बनाईरहेका छन् ।

साथै बोधी एच डी र वरिष्ठ चलचित्र निर्देशक नारायण पुरीको पनि सहकार्यता रहेको छ । उक्त भिडियोमा कलाकारहरु कुसुम थापा, श्याम सेढाई, एनआरएन एनसिसि अमेरिकाकी महिला संयोजक एवं सामाजिक अभियन्ता इन्दिरा त्रिपाठी ,संचारकर्मी डोल्मा लामाको भूमीका रहेको छ । अन्य कलाकारहरुमा चक्रपाणि मिस्र, पण्डित चुडामणि गौतमको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

उक्त भिडियोमा एस ।राज प्रोडक्शनका टोलीले आफ्नै निर्देशन र छायांकनमा अमेरिकामै पहिलोपल्ट यो जल्दो बल्दो समसामयिक विषयबस्तु पर्दामा उतार्न सफल भएका छन् ।

यो विषयवस्तु अत्यन्तै महत्वपूर्ण रहेको छ र “यो जीवनको के भर छ र “ भन्ने सान्दर्भिक गीतमा “बन्दूक हिंसा बिरुद्ध जनचेतना” फैलाउने कथाबस्तुको अवधारणा भने सामाजिक अभियन्ता एवं संचारकर्मी डोल्मा लामाले ल्याएकी हुन् ।

सम्पादन हलिउडका तानो जोर्की ले गरेका छन् । जीवनसंग सम्बन्धित यो जीवनको के भर छ र भन्ने गीत चर्चित गायिका सोफीया थापाले गाएकी हुन् भने संगीत संगीतकार हरि लम्सालको र रचना गीतकार अनमोल मणिको रहेको छ ।

यो भिडियोमा हामी कोही कसैको जीवनको केहि भर छैन । र कुन शब्द र कुन दृश्य अन्तिम हुन्छ,हामीलाई थाहा छैन भन्ने भाव प्रस्ट्याउन खोजीएको छ । र साथै चाडै नै यो भिडियो हलिउडमा सार्वजनिक गरिने तयारी भई रहेको सचारकर्मी डोल्मा लामाले जानकारी दिएकी छिन् ।

Post Comment