आगामी मे १८ तारिखमा कोलोराडोमा चर्चित युवा गायक नितेशजंग कुबँरको सांगितिक प्रस्तुती आयोजना गरिएको छ ।
नेपाली इभेन्ट्स कोलोराडोको आयोजना हुने सांगितिक कार्यक्रममा गायक कुँवरसंगै वर्तिका एम राई र जान्वी गुरुङको प्रस्तुती रहने छ ।
गायक कुँबरको ‘गेडा जस्तो जिन्दगी’ , ‘हाम्रो नेपालमा’ र ‘आशामा’ जस्ता गितहरु चर्चित छन् ।
न्यूर्योक निवासी गायिका राई नेपाली तथा अंग्रेजी गित गाउने गर्दछिन् । उनि गित लेखनमा पनि उत्तिकै सक्रिय रहेकी छन् ।
लङमन्ट निवासी १५ वर्षिय जान्वी गुरुङले यसअघि कोलोराडोको थुप्रै स्थानमा आफ्नो प्रस्तुती दिइसकेकी छन् ।
कार्यक्रममा टिकट दर अग्रिम बुकिङका लागी ३० डलर , कार्यक्रमको दिन ४५ डलर र कार्यक्रम स्थलका लागी ७५ डलर रहेको छ ।
साँझ ८ बजे देखी सुरु हुने कार्यक्रमको ७ बजे देखी गेट खुल्ला रहनेछ । कार्यक्रम डेनेभरस्थित Cervantes’ Masterpiece Ballroom 2637 Welton Street मा हुनेछ ।
रक्की माउण्टेनको फ्रेण्डस् अफ नेपालको नव वर्ष साँझको कार्यक्रममा टिकट उपलब्ध हुन सक्ने आयोजक संस्थाले जनाएको छ।