महेश नेपाल, काठ्माण्डौ । नेपालकै सुन्दर नगरी हो हेटौडा । हेटौडा जन्मस्थान भएका गायक नवराज न्यौपानेले मकवानपुर जिल्लाको पर्यटन प्रबर्धन गर्ने उदेश्यले निकैनै रमाईलो गित ‘हेटौडामा घर पर्यो हाम्रो’ लिएर डिजिटल बजारमा आएका छन । पूरा गित सुन्दा र हेर्दा मकवानपुर जिल्ला नटेकेका र हेटौडा नदेखेका जो कोहीलाई पनि त्यही पुगे जस्तो अनुभव गितले गराउछ ।
सर्वप्रीय सर्जक तथा सञ्चारकर्मी महेश नेपालको उत्कृष्ट लय र शितलराज गिरीको उत्कृष्ट शब्दमा तयार भएको यस गितमा गायक न्यौपानेलाई लोकप्रीय गायिका गितादेबीले स्वरमा साथ दिएकी छिन । हेटौडाको सहिद स्मारकमा सुटीङ गरिएको यस गितको म्युजिक भिडियोमा सञ्जिव ठकुरी र आयुष्मा कार्कीको बेजोड नृत्य तथा अभिनय देख्न सकिन्छ । सञ्जिव ठकुरीको आधीकारीक Youtube च्यानल मार्फत यतीबेला गित डिजिटल बजारमा छ ।
हेर्नुहोस भिडियो :