देउडा ठाडी भाकाका छोटा राजा

देउडा ठाडी भाकाका छोटा राजा
मनोरन्जन

करन साउद । भारत । गित संगित यस्तो चिज जसलाई मन नपराउने यो संसारमा सायद कमै होलान। नेपालका विभिन्न प्रदेश जिल्लामा बस्ने विभिन्न थर समुदायका आ आफ्नै पहिचान अनि संस्कार र संस्कृति छन् । त्यस्तै हालको ७ नम्बर प्रदेश अथवा सुदुर पश्चिमको पनि आफ्नो बेग्लै संस्कार अनि संस्कृति र पहिचान छ।सुदुर पश्चिमका देउडा ठाडिभाका होलि दशै मेला बिसु छलिया हुडकेउली भुओ न्याउल्या जस्ता थुप्रै संस्कृतिले ओतप्रोत मानिन्छ।देउडा ठाडी न्याउल्याले त सुप वाशिको मात्र होईन कर्णाली प्रदेश वाशिको पनि मन पिगाल्ने गरेको पाईन्छ।

त्यही संस्कृति भित्र देउडा ठाडिभाकामा समय अनि मौका अनुसार गायक कलाकारले फटको मार्ने गरेको पाईन्छ। केही बर्ष अगाडि सुपको डोटि जिल्लामा जन्मनु भएका सांगीतिक क्षेत्रमा निकै प्रख्यात हुनु भएका ठाडिभाकाका राजा नै भनेर चिनिने गायक कलाकार भुवन प्रसाद दाहालको नाम नसुन्ने र उनका गित मन नपराउने प्रायः कमै होलान् ।उनलेे गाउने देउडा तथा ठाडिभाकाले हरेक संगित प्रेमिको मन नै छुने गर्दथ्यो।आफ्नो सांगीतिक समयमा एक छत्र छाया राज गरेका दाहाल बिचमा भने विविध कारणले संगित तिर समय दिन नसके पनि पछिल्लो समयमा भने निरन्तर लागि रहनु भएको छ।त्यस्तै देउडा ठाडिभाकाका लागि प्रसिद्ध तथा छोटा राजा भनेर चिनिन्छन दिनेश साउद ।डोटि जिल्लामाको कोटान्जरमा जन्मिनु भएका साउद रोजगारीको सिलसिलामा भारतको मुम्बईमा कार्यरत हुनुहुन्छ ।

निकै मीठो स्वर अनि साह्रै राम्रो स्वभावका साउदले विभिन्न संस्था द्वारा मुम्बईमा हुने स्टेज कार्यक्रममा पनि उत्तिकै भाग लिने गरेको पाईन्छ।निकै मन छुने ठाडिभाका गाउने साउद पछिल्लो समयमा निकै चर्चा बटुल्न सफल गायक हुन।प्रबासमा बसेर पनि आफ्नो कला संस्कृतिलाई उजागर गर्नु पर्छ भन्ने भावना भएका भएका साउदले धेरै ठाडिभाका निकाली सक्नु भएको छ।साउदले निकाल्नु भएका एल्बमका नाम पनि उत्तिकै मर्मस्पर्शी छन् ।प्रायः साउद माया पिरतिकै गित गाउने गर्नु हुन्छ।पिरती भयो पासो , पिरति खेल खेलाईगै , पिरतिको जोगि , पिरती भयो जुवा , जनजाल्या पिरती , पिरती भै गैई आगो लगायत थुप्रै एल्बम बाट चर्चित हुनु भएका साउदका गितले सुदुर पश्चिम वाशिका मन नै लोभ्याउने गर्दछ।

साउदले आफ्नै युटुब च्यानल पनि खोलेर प्रबासमा रेकर्ड भएर आउने गित तथा म्युजिक भिडियोहरु पनि आफ्नै च्यानल बाट उपलब्ध गराउने गर्नु भएको छ।

Post Comment