महेश नेपाल, चौतारा । सिन्धुपाल्चोक नपुगेपनी गित हेर्दा नै सिन्धुपाल्चोक पुगेझै भान हुने सिन्धुपाल्चोक बिशेष एक ऐतिहासिक गित ‘जय जन्मभूमि जय सिन्धुभूमी’ डिजिटल बजारमा आएको छ । वरिष्ठ गायक प्रेमध्वज प्रधान, युवाका ढुकढुकी चन्द्रसिंह घले र मीना सिंहले स्वर दिएको यस गितमा संगित चन्द्र सिंह घलेले गरेका हुन । गितको रचना भने युवा पत्रकार तथा साहित्यकार किस्मा किशोर बुढाथोकीले गरेका हुन ।
पर्यटन वर्ष सन् २०२० लक्षित सिन्धुपाल्चोक चिनाउने गीतलाई एसियन म्युजिकले बजारमा ल्याएको हो । पर्यटन वर्षमा सिन्धुपाल्चोकमा धेरै पर्यटक भित्र्याउने उद्देश्यले जिल्लाको सञ्चारमाध्यम ओखरेनी साप्ताहिकले गीति वृत्तचित्र निर्माण गरेको हो। पर्यटन वर्षमा नेपालमा २० लाख बढी पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई साथ दिँदै गीत निर्माण गरिएको हो।
पर्यटक भित्र्याउनका लागि जिल्लाको सुन्दर तथा ऐतिहासिक पक्षहरुलाई दृश्यमा समावेश गरिएको छ। गीतमा जिल्लामा रहेका जातजाति, भाषा संस्कृतिलाई समेत भिडियोमा समावेश गरिएको छ। गीतमा शब्द र दृश्यमा जिल्लामा घुम्नलायक स्थानहरुको वर्णन गरिएको रचनाकार तथा ओखरेनी साप्ताहिकका समाचार संयोजक किशोर बुढाथोकीले बताए ।
मिलन शंकरको छायांकन तथा निर्देशन, सन्तोष दाहालको ड्रोन र उत्तर राना मगरको सम्पादनमा भिडियो तयार भएको हो।
हेर्नुहोस भिडियो: