‘हजार जुनीसम्म’ को ट्रेलर सार्वजनिक

‘हजार जुनीसम्म’ को ट्रेलर सार्वजनिक
मनोरन्जन

आउँदो साउन ३० गतेबाट प्रदर्शनमा आउने फिल्म ’हजार जुनीसम्म’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरमा फिल्मको कथासार देखाइएको छ ।

सार्वजनिक ट्रेलरमा फिल्मका अधिकाँस कलाकारहरु फिचर्ड छन् । आर्यन सिग्देललाई ट्रेलरमा दुइ गेटअपमा देख्न सकिन्छ भने उनले ’हजार जुनीसम्म’ पनि आफ्नो प्रेमलाई पर्खिएको विषयमा फिल्म केन्द्रित छ । ट्रेलरमा स्वस्तिमा खड्का , सलोन बस्नेत , संचिता लुइँटेल , शिवहरी पौडेल , अखिलेस प्रधान र अनुभव रेग्मी पनि फिचर्ड छन् ।

नाई नभन्नु ल सिरिजका निर्देशक बिकासराज आचार्यको निर्देशनमा तयार फिल्मलाई प्रेम कथामा आधारित फ्यामिली ड्रामा भनिएको छ । निर्देशक आचार्यले फिल्मको पटकथा सामिप्यराज तिमल्सेनासंगको सहकार्यमा तयार पारेका हुन् । कार्यक्रममा सम्पूर्ण कलाकार उपस्थित भएता पनि निर्देशक आचार्य भने उपस्थित थिएनन् ।

पछिल्लो समय अस्वस्थ भएपछी चिकित्सकको सल्लाह अनुसार उनि भिडभाडमा नदेखिएका हुन् । उनको प्रतिनिधित्व गर्दै पटकथाकार सामिप्यले यो पूर्ण रुपमा फ्याम्ली ड्रामा भएको बताए ।

’हामीले स्टारडमको आधारमा भन्दा पनि कथानुसार फिल्मको लागि कास्ट गरेका छौ’ उनले भने । उनका अनुसार फिल्म पूर्ण रुपमा पारिवारिक छ र यसले हाम्रै वरपरको कथालाई वाचन गरेको छ ।

कार्यक्रममा उपस्थित आर्यनले यसले नेपालको सुन्दरतालाई पनि समेटेको बताए । ’हामीले पोखराबाट सुरु गरेको छायाँकन सिक्किमसम्म पुगेको छ त्यसैले यसले हाम्रो सुन्दरतालाई समेटेको छ’ उनले भने ’यो फिल्मको रोल मैले गरिरहेको जस्तै भए पनि प्रस्तुतिका हिसाबले फरक छ ।’

उनले आफु भन्दा २० वर्ष बढी उमेर देखिँदा केहि कठिनाइ भएको बताए ।

यसैगरी स्वस्तिमाले पनि फिल्मले दर्शकको मन छुने बताइन । गत वर्षकी नेशनल अवार्ड विनर अभिनेत्रीले फिल्मले पारिवारिक कथालाई समेटेको बताइन ।

यसैगरी सलोनले आर्यनको अभिनयले आफुलाई ज्यादै नै प्रभावित बनाएको बताए । यसै फिल्म मार्फत डेब्यु गर्न लागेका नव कलाकार अखिलेसले आफुले सक्दो मेहनत गरेको प्रस्ट्याए ।

चाइल्ड स्टार अनुभवले नाई नभन्नु ल सिरिज भन्दा बाहिर रहेर काम गर्दा छुटै अनुभव भएको बताए । ’यसले माया प्राप्तिको कथालाई देखाउछ’ उनले भने ।

ट्रेलर रिलिजमा कार्यकारी निर्मात्री कविता रेग्मीले फिल्म विना सम्झौता तयार परिएको बताइन ।

फिल्ममा कविराज गहतराजको नृत्य , उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । यसमा विशाल चाम्लिङ निर्माता छन् ।

Post Comment