प्रेम काफ्लेको तनहुँ जिल्ला जामुनेमा बोलको गित बजारमा

प्रेम काफ्लेको तनहुँ जिल्ला जामुनेमा बोलको गित बजारमा
मनोरन्जन

युएस नेपाल न्युज, काठ्माण्डौ । प्रेम काफ्ले म्याग्दी गाउँ पालिका २ तनहुँ जामुनेमा स्थाई घर भएका एक प्रतिभावान सर्जक कलाकार हुन।नेपालको बेरोजगारी र पारिवारिक परिस्थितिले बिगत १०/१२ बर्ष देखि उहाँ रोजगारीको सिलसिलामा बरहाईनमा हुनुहुन्छ ।

आफू जहाँ जुन देशमा भएपनि आफ्नो देशको कला संस्कृति लाई भुल्न नसकिदो रहेछ भन्ने कुरा काफ्लेको यो गित बाट प्रष्ट बुझिन्छ। काफ्ले ले यो गित लाई आफैले शब्द सिर्जना गर्दै आफ्नो गाउँ परिवेश लाई समेट्दै गित निर्माण गर्नु भएको छ।उक्त गित आलप स्टुडियोमा रेकर्डिङ भएको हो भने भिडियो ब्याबस्थापन मुनाल फिल्म प्रालिले गरेको छ।

उक्त गितमा गायक अमित बिक र पुर्णकला बिसिले स्वर दिएका छन् भने स्ट्रीम नेपाल युटुब च्यानल बाट गित बजारमा ल्याईएको छ।

हेर्नुहोस भिडियो:

Post Comment