सञ्चारकर्मी शरण हुमागाईं र साबित्री श्रेष्ठको परदेशी भाइ डिजिटल बजारमा

सञ्चारकर्मी शरण हुमागाईं र साबित्री श्रेष्ठको परदेशी भाइ डिजिटल बजारमा
मनोरन्जन

काठ्माण्डौ । दशैँ तिहार नजिकिदैं गर्दा सांगितिक बजारमा दशैं तिहार सम्बिन्धि सृजनाहरु बग्रेल्ती आउन थालिसकेका छन् । पछिल्लो समय हाँस्ने खेल्ने निरकमल गीतबाट चर्चा बटुलेका गायक तथा सञ्चारकर्मी शरण हुमागाईंको पनि दशैं तिहारको सृजना परदेशी भाई सार्वजनिक भएको छ । देशमा उचित रोजगारीको अवसर नहुँदा र साहुको ऋणले चुर्लुम्म डुबेपछि परदेशीनु परेको कथा समेटिएको गीत गत शनिवार शक्ति नेपाल अनलाईन च्यानलबाट सार्वजनिक भएको हो । चाडबाडका बेला घर परिवार, आफन्त, ईष्टमित्र सबैबाट टाढा बन्दाको पीड अनि दशै तिहार जस्ता पर्वमा घर शुन्य बनेको यथार्थ समेटेको गीतको शव्द गायक स्वयमले नै लेखेका हुन् । साहुको ऋण, बुढा भएका बुवाआमाको हेरचार र घरको सबै व्यवहार थेग्न सामान्य परिवारको अवस्था म्यूजिक भिडियोमा उतार्न निर्देशक श्रीशक्ति बराईलीले निकै मेहनत गरेका छन् । यो गीतमा सूर्य तमाङ, इसारा रिजाल, रामशरण विसी, शान्ति तमाङ, सरोज गहतराज, सुमित्रा तमाङ लगायतका कलाकारहरुले अभिनय गरेका छन् । शरण हुमागाईं र सावित्री श्रेष्ठको आवाजमा सजिएको उक्त गीतको लय तथा संगित संयोजन विष्णु तमाङले गरेका हुन् ।

Post Comment