“काभ्रे जिल्ला” पछी किरण गौतम र गितादेबीको संभावना बोकेको गित “ए साईली” डिजिटल बजारमा

“काभ्रे जिल्ला” पछी किरण गौतम र गितादेबीको संभावना बोकेको गित “ए साईली” डिजिटल बजारमा
मनोरन्जन

महेश नेपाल, काठ्माण्डौ । “काभ्रे जिल्ला मायाँको लाल किल्ला” गितको अपार सफलता पछी लोकप्रीय युवा गायक किरण गौतम र गितादेबीको अर्को निकै राम्रो संभावना बोकेको गित “ए साईली” डिजिटल बजारमा आएको छ। किरण गौतमको आधीकारीक युटुब च्यानल मार्फत गित हेर्न सकिन्छ । जुन गित टिकटकमा समेत एकदम रुचाईएको पाईएको छ । किरण गौतम र गितादेबीको सुमधुर स्वरमा बजारमा आएको यस गितमा किरण गौतमकै लय तथा शब्द रहेको छ ।

गितको म्युजिक भिडियोमा रेशम थापा, सोनी बि.सी., बिकास शिलवाल, भिमसेन खतिवडा,सबिन गौतम, जीवन हुमागाई लगायत कलाकरको अभिनय देख्न सकिन्छ । निरेन श्रेष्ठको निर्देशन, मरुभूमि नारायणको छायाँकन तथा रोशन धितालको सम्पादनमा भिडियो तयार भएको हो ।

हेर्नुहोस भिडियो:

Post Comment