युएस नेपाल न्युज, काठ्माण्डौ । अहिलेकी भाईरल गायिका मेनुका परियार र गायक अशिम कुमार कटुवालको आवाजमा “लेकमा भेडी” बोलको लोक दोहोरी गित भर्खरै डिजिटल बजारमा सार्वजनिक भएको छ।
गायक अशिम कुमार कटुवालको प्रस्तुतिको रुपमा बजारमा आएको यस गितमा बिष्णु तामाङ्गको लय, गायक स्वयमको शब्द रचना रहेको छ ।
गितको म्युजिक भिडियोमा मनोज बुढाथोकि ‘मनु’ र आयुष्मा कार्किको अभिनय देख्न सकिन्छ । नारायण मगरको निर्देशन तथा छायांकन र सुमन तामाङको सम्पादनमा भिडियो तयार भएको हो ।