विश्वविजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा हराउँदै ब्राजिलले जित्यो ओलम्पिकमा स्वर्ण

खेल

game

भदौं ५ – ओलम्पिकको फुटबलतर्फ ब्राजिलले स्वर्णपदक जितेको छ । पाँच पटकसम्म विश्वकपको उपाधि जितेपनि ब्राजिलले ओलम्पिकमा भने पहिलो पटक जितेको हो ।

आइतबार बिहान सम्पन्न खेलमा नेइमारको कम्तानीमा मैदानमा उत्रिए
को घरेलु टोली ब्राजिलले विश्व विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित गर्दै पहिलो पटक फुटबलमा ओलम्किको स्वर्ण जितेको हो ।

ऐतिहासिक मराकाना रंगशालामा भएको खेललको पहिलो हाफमा ब्राजिलका लागि नेइमारले ३६ औ मिनेटमा गोल गरे भने दोस्रो हाफमा जर्मनीले बराबरी गोल फर्कायो ।

त्यसपछि निर्धारित र अतिरिक्त ३० मिनेटको समयमा दुबै पक्षबाट गोल हुन नसकेपछि गोल पेनाल्टी सुटआउटमा पुगेको थियो जसमा ब्राजिल ५–४ ले बिजयी बन्दा नेइमार नायक बने । पहिलो हाफमा गोल गरेका नेइमारले पेनाल्टीमा पनि निर्णायक गोल गर्दै पदक दिलाएका हुन् ।