मंसिर १५, बैंकक स्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा भोली विहिबार हुने खेलमा नेपालले थाइल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको हो। नेपालले थाइल्याण्डलाई पराजित गरे पनि यसअघिको लगातारको हारले गर्दा अन्तिम प्रतिस्पर्धामा पुगने सम्भावना भने समाप्त भएको छ ।
थाइल्याण्डमा जारी एसीसी महिला एसिया कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्र्तगत चौथो खेलमा नेपालले आयोजक थाइल्यान्डको सामना गर्ने भएको छ ।यस अघि तीन खेल खेलेको नेपाल तीनै खेलमा पराजय भोग्दै अङ्क विहिन छ। नेपालले पहिलो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भयो भने दोस्रो खेलमा श्रीलङ्का सँग आठ विकेटको लज्जास्पद हार बेहोरेको थियो ।
त्यतिबेला नेपालले जम्मा २३ रन मात्र जोडेको थियो जुन महिला क्रिकेट इतिहासकै अत्यन्त न्यून स्कोर हो । यसअघि सन् २०१४ को इन्चोन एसियालि खेलकुद प्रतियोगितामा नेपालले बंगलादेश विरुद्ध खेलमा २६ रन बनाएको थियो । त्यसैगरी मङ्गलबार भएको खेलमा नेपाल बङ्गलादेशसँग ९२ रनले पराजित हुन पुग्यो लामो समय देखि देशभित्र खेल्ने वातावरण पाउन नसकेको महिला टोलीले थाइल्यान्डमा पनि सन्तोषजनक नतिजा हात पार्न सकेन ।
प्रतियोगितामा आयोजक थाइल्याण्ड बाहेक नेपालको सबै प्रतिद्धन्द्धी पाकिस्तान ,श्रीलङ्का ,बङ्गलादेश र भारत टेस्ट राष्ट्र टोली हुन।