१६ मंसिर, इंगल्याण्डका स्टा«इकर ह्यारी केनले टोटनह्यामसँग नयाँ सम्झौता गरेका छन। र उनी २०२२ सम्म टोटनह्याममै रहनेछन।
बीबीसीका अनुसार उनले २०१५ मा पाँच वर्षे सम्झौता गरेका थिए, जसलाई नयाँ सम्झौताले विस्थापित गर्नेछ । इंगल्याण्डका लागि १७ खेलमा ५ गोल गरेका केनले भनेका छन, नयाँ सम्झौताले विशेष महसुस गराएको बताउदै उनले थपे हामीले महान युवा टोली पाएका छौं र क्लब सही दिशामा छ।