१८ मंसिर। फुटबल जगतको विश्व नियमक संस्था फिफाले शुक्रवार वर्षकै उत्कृष्ट खेलाडीलाई प्रदान गरिने पुरस्कारका लागि अंतिम तीन खेलाडीको नाम सार्वजनिक गरेको छ। उत्कृष्ट तीन खेलाडीमा पोर्चुगल तथा रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो, फ्रान्स तथा एथ्लेटिको मड्रिडका एन्टोयोनि ग्रिजम्यान र अर्जेन्टिना तथा बार्सिलोनाका लियोनेल मेस्सी रहेका छन्। फिफाले राष्ट्रिय टिमका कप्तान, प्रशिक्षक र मिडियाका प्रतिनिधि तथा समर्थकहरु द्वारा फिफा को वेवसाईट फिफा डट कममा गरेको भोटका आधारमा उत्कृष्ट खेलाडी घोषण गर्दछ।
फिफाले यस पुरस्कार विजेताको घोषण आगामि ९ जवनरीमा स्वीजरल्याण्डको जुरीचमा गर्दैछ। रोनाल्डोको लागि यो वर्ष पर्याप्त सम्भावना भएको फुटवलका जानकारहरु बताउँछन्। उनले यस वर्ष च्याम्पियन लिग आफ्नो नाममा दर्ता गराई सकेका छन्। यस्तै उनले च्याम्पियन लिग जितेको छ हप्ता पछि आफ्नो कप्तानीमा पोर्चुगललाई पहिलो पटक युरो कप जिताएर ईतिहास रचेका थिए। यस सिजनमा पनि उनले १३ खेलमा १० गोल गरिसकेका छन्।
स्पेनिस क्लब एथलेटिको मड्रिडका स्ट्राईकर यो वर्ष उत्कृष्ट खेलाडी मध्यका एक घोषित भईसकेका छन्। उनी यूरो कप २०१६ मा सबैभन्दा धेरै गोल गर्ने खेलाडि भएका थिए तर फाईनलमा उनको टीम फ्रान्स पोर्चुगलसँग १–० ले हारेको थियो। उनले आफ्नो क्लवबाट स्पेनिस ला लिगामा २०१५÷१६ सत्रमा सबैभन्दा धेरै गोल समेत गरेका थिए।
यस्तै अर्का स्टार खेलाडी लियोनेल मेस्सीको पनि सम्भावना उस्तै बलियो रहेको छ उनकै कुशल प्रदर्शनले बार्सिलोनाले २०१५÷१६ सिजनमा स्पेनिस ला लिगा जित्न सफल भयो भने कोपा अमेरिका २०१६ मा फाईनल सम्म पुगेको थियो। तथापी फाईनलमा चिली सँग पराजय व्यहोर्नु परेको थियो। । यस सिजनमा निकै फर्ममा रहेका मेस्सी ले १३ खेलमा ९ गोल गरिसकेका छन्।
अन्तिम ८ पटकको सर्बश्रष्ठ खेलाडी चयनमा ५ पटक मेस्सी तथा ३ पटम रोनाल्डोले जितेका छन।