२६ मंसिर । स्पेनिश ला लीगा अन्र्तरगत शनिबार भएको खेलमा ओसासुनालाई ३–० गोल अन्र्तरले पराजित गरेको छ ।
ओसासुनाको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा बार्सिलोनाले गोल गर्न असफल रहेपनि दोस्रो हाफमा ३ गोल गर्दै सहजजित हासिल गर्यो बार्सिलोनालाई अंक दिलाउनको लागि मेस्सीले दुई तथा लुइस सुवारेजले एक गोल गरे।
खेलको ५९औं मिनेटमा लुइस सुवारेजले अग्रता दिलाए भने ७३औं मिनेटमा मेस्सीले गोल गर्दै अग्रता दोब्बर पारे। उक्त दुवै गोलका लागि जोर्डी अल्वाले पास मिलाएकाथिए अधिकांस समय वार्सिलोनाको पकडमा रहेको खेलमा ओसासुना निरिह देखियो। खेलको इन्जुरी समयमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दैै महत्वपुर्ण तिन अंक दिलाए। तर पछिल्ला तिन खेलमा बराबरी खेलेको बार्सिलोना रियल मड्रिड भन्दा ६ अंकले पछाडी छ।