स्पानिस कोपा डेल रे फुटबलको उपाधि बार्सीलोनाले जितेको छ । शनिबार राति भएको खेलमा अलाभेजलाई ३–१ ले पराजित गर्दै बार्सिलोनाले यस सिजनको एक मात्र उपाधि जितेको हो ।
भिनसेन्ट कालडेरोनमा भएको खेलमा बार्सिलोनलाई जिताउन लियोमल मेसी, नेमार र पाको अल्कारसेरले गोल गरे । अलाभेजका लागि थियो हर्नान्डेजले एक गोल फर्काए ।
खेलको ३०औं मिनेटमा नेमारको पासमा मेसीले गोल गर्दै बार्सालाई अग्रता दिलाएका थिए । त्यसको ३ मिनेटपछि नै अलाभेजका हर्नान्डेजले गोल गर्दै खेल बराबरी गरे ।
पहिलो हाफको अन्त्यितर बार्सिलोनाले दुई गोल गर्दै अग्रता मजबुत बनायो । नेमारले ४४ औं मिनेटमा आन्द्रे गोमेजको पासमा गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए ।
पहिलो हाफकै इन्जुरी टाइममा मेसीको पास सदुपयोग रद् अल्कासेरले गोल गरेपछि बार्सिलोनाले ३–१ को अग्रता बनायो। दोस्रो हाफमा उक्त अग्रता कायम राख्दै बार्सिलोना च्याम्पियन बनेको छ । बार्सिलोनाको यो २९औ को डेल रे उपाधि हो । –