जिदानले मड्रिड प्रशिक्षकबाट राजीनामा दिए

जिदानले मड्रिड प्रशिक्षकबाट राजीनामा दिए
खेल

युरोपियन च्याम्पियन रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले क्लबबाट राजीनामा दिएका छन् ।

रियललाई लगातार ३ पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि दिलाएका जिदानले अप्रत्यासित रूपमा राजीनामा दिएका हुन् ।

रियलले गत शनिवार लिभरपूललाई पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

च्याम्पियन्स लिग जिते पनि स्पेनिस ला लिगामा चीरपरिचित प्रतिद्वन्द्वी बार्सिलोनासँग १७ अंकले पछि पर्दै तेस्रो स्थानमा सीमित हुनु जिदानको राजीनामाको कारण हुनसक्ने अनुमान गरिएको छ ।

Post Comment