मानिसले कीर्तिमान र ईतिहास रच्न अनेक चिज गर्ने गर्दछन् । अमेरिकाको डीसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका ५४ बर्षिय नेपाली मूलका विनोद बेन थापाले गल्फ खेलमा ईतिहास कोर्ने काम गर्न सफल भएका छन् ।
३ दशकदेखि अमेरिकामा बस्दै आएका गल्फ खेलाडी थापाले एक प्रकारको ईतिहास रचेका छन् । बिगत २५ वर्षदेखि थापाले गल्फ खेल खेल्दै आई रहेका छन् । उनले खेल जगतमा उत्प्रेरणादायी काम गरेका छन् । सदैव निम्न रुपमा आफूलाई राख्न चाहने ९ लो प्रोफायल० उनले गल्फ खेलमा चकित पार्ने काम गरेका छन् ।
उनले गिनिज वर्ल्ड रेकर्ड्सको लागि यो आश्चर्यजनक तथा अद्भुत प्रयास गर्नको लागि गरेका हैनन् । उनले आफूले प्राप्त गरेको ऐतिहासिक प्राप्तिलाई केवल नेपाल र नेपाली समुदायलाई हिस्सा गर्न मात्र चाहेका हुन् । गल्फ खेल उनको अत्यधिक प्यारो मनोभाव (प्यासन) अर्थात् शौक भएको कारण खेल्दै जाँदा उनले अमेरिकाको ५० वटा राज्यका ५० वटै राजधानी तथा बिश्व कै ७ महादेश भ्रमण गर्दै गल्फ खेली आफ्नो सपना पूरा गरेका छन् ।
यसरी सात वटा महादेश र अमेरिकाका पचास राज्यका पचास राजधानीमा डीसी महानगर क्षेत्र बाट भ्रमण गरेर सहभागिता जनाउनु चानचुने कुरा भने पक्का हैन । यसको लागि आँट ,दृढ संकल्प ,समय ,आर्थिक खर्च ,लगन र योजना चाहिन्छ । के उनि व्यवसायिक गल्फ खेलाडी हुन् त ? अमेरिकामा खेल खेलेर मात्र जीविकोपार्जन गर्दै आएका हुन् त ? अवस्य पनि हैन । गल्फ खेल्नु उनको शौक हो, उनी भन्छन् ।
उनले ७ महादेश अन्तर्गत अफ्रीका महादेशको इजिप्ट, एन्टार्कटिकाको प्रोजपेक्ट पोइन्ट, एसियाको नेपाल, अस्ट्रेलियाको सिड्नी, यूरोपको स्पेन, नर्थ अमेरिकाको सयुक्त राज्य अमेरिका तथा दक्षिण अमेरिकाको अर्जेन्टिनामा गल्फ खेलेका छन् ।
उनले यसरी ७ महादेश र अमेरिका कै ५० वटा राज्यमा वास्तविक खेल सुरु अक्टोबर २००८ देखि सुरु गरेका हुन् । उनले सन् १९९१ मा पहिलो पटकदेखि फ्लोरिडाको वेस्ट पामबीचबाट गल्फ खेल खेल्न प्रारम्भ गरेका हुन् । नेपालबाट आएपछि १९८९–१९९० सम्म इन्डियाना १ वर्षपछि मेरिल्याण्ड आएर १९९१–१९९९ मा बसे । सन् २००० देखि हालसम्म भर्जिनियाको साउथ राइडिंगमा बसोबास गर्दछन् ।
अमेरिका आएदेखि शौकको रुपमा खेल्न प्रारम्भ गरेका विनोद थापा बिदेशीहरूद्वारा बेन नामले परिचित छन् । उनले ५ वर्षभित्र समाप्त गर्ने योजना बनाएतापनि करिव १० वर्षमा उनको योजना पूरा भएको भएको छ । उनले सबैभन्दा पहिले अमेरिकाको नर्थ डाकोटाको हकट्री गल्फ कोर्स बाट प्रथम गल्फ खेल्दै अमेरिकाको होनोलुलुको होनोलुलु कन्ट्री कल्बमा गत अक्टोबर २०१८ मा ५० औ खेल पुर्याएका हुन् ।
उनी १८ होल कोर्स अर्थात् १८ प्वाल भएको मैदानमा खेल्दछन । उनले अमेरिकाको ५० औ राज्यका राजधानीमा क्लब कै सदस्य तथा स्थानीय खेलाडीहरुसंग खेलेका छन् ।