पन्जाबले चौथो जित, हैदरावाद ६ विकेटले पराजित

पन्जाबले चौथो जित, हैदरावाद ६ विकेटले पराजित
खेल

आईपीएलमा किंङ्स इलाभेन पन्जाबले चौथो जित निकालेको छ ।

गएराति भएको खेलमा सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै पन्जाबले चौथो जित निकालेको हो ।

चन्डीगढस्थित पन्जाब क्रिकेट एसोसियसनको मैदानमा हैदरावादले दिएको १ सय ५१ रनको लक्ष्य पन्जाबले १९ ओभर ५ बलमा ४ विकेट गुमाएर पुरा गर्‍यो ।

पन्जाबका लागि लोकेश राहुल र मायांक अग्रवालले अर्धशतकीय इनिङ्स खेले ।

राहुलले अविजित ७१ रनको योगदान दिँदा अग्रवालले ५५ रन जोडे । हैदरावादका सन्दीप शर्माले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो ।

हैदरावादका लागि डेभिड वार्नरले अविजित ७० रन जोड्दा विजय शंकरले २६ रन जोडे ।

जितसँगै ६ खेलबाट ८ अंक जोडेको पन्जाब लिगको तेस्रो स्थानमा उक्लिएको छ । ६ अंक जोडेको हैदरावाद लिगको चौथो स्थानमा छ ।

Post Comment