पञ्जाव विरुद्ध हैदरावादको सहज जित

पञ्जाव विरुद्ध हैदरावादको सहज जित
खेल

किंग्स इलेभेन पञ्जावलाई ४५ रनले हराउँदै सनराइजर्स हैदराबादले इण्डियन प्रिमियर लिगको प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

हैदराबादस्थित राजिव गान्धी स्टेडियममा भएको खेलमा डेविड वार्नरले अर्को एउटा विस्फोटक इनिङ खेलेपछि घरेलु टिमले ६ विकेटको क्षतिमा २१२ रनको विशाल योगफल तयार पारेको थियो । वार्नरले ५६ बलमा ८१ रन बनाउँदा ७ चौका र २ छक्का प्रहार गरेका थिए । मनिष पाण्डेले पनि २५ बलमा ३६ रन बनाए भने ऋद्धिमान शाहले १० बलमा २० रन बनाए ।

बलिङतर्फ मोहम्मद शामी र रविचन्द्रन आश्विनले २–२ विकेट लिए ।

२१३ रनको लक्ष्य पछ्याएको पञ्जाव २० ओभरमा ८ विकेट गुमाउँदै १६७ रनमा सीमित भयो । पञ्जावका लागि केएल राहुलले सर्वाधिक ७९ रनको योगदान दिए । उनले ५६ बलमा ४ चौका र ५ छक्का प्रहार गरेका थिए । मायांक अग्रवालले २७ रन बनाए भने निकोलास पुरनले २१ रन बनाए । अन्य खेलाडीको प्रदर्शन अझ खराब रह्यो ।

बलिङतर्फ राशिद खान र खालिल अहमेदले ३ विकेट लिए भने सन्दीप शर्माले २ विकेट हात पारे । जितसँगै हैदराबाद चौथो स्थानमा उक्लिएको छ । उसको १२ खेलबाट १२ अंक छ ।

चेन्नइ सुपर किंग्स र दिल्ली क्यापिटल्स प्लेअफमा पुगिसेका छन् भने बाँकी दुई स्थानका लागि चार टिमको दाबेदारिता छ ।

Post Comment