धुर्मस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशालालाई आर्थिक सहयोगार्थ ‘खुत्रुके सहयोग महाअभियान’ शुरु भएको छ । रगंशाला निर्माणमा आर्थिक अभाव हुन नदिन चितवनमा खुत्रुके महाअभियान शुरु भएको हो ।चौधरी ग्रुपद्वारा सन्चालित सनराईज इंग्लिस स्कुल भरतपुरमा बिद्यालयको भुत पुर्व विद्यार्थी समाजद्वारा आयोजित एक कार्यक्रमका बिच मंगलबार अभियानको सुरुवात भएको हो ।
मंगलबार फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसको बिशेष उपस्थितीमा बिद्यालय पेरिसरमा आयोजित एक कार्यक्रम बिच चितवनमा खुत्रुके सहयोग महाअभियान शुरु गरिएको हो । फाउण्डेसनका अध्यक्ष धुर्मुस र प्रधानाध्यापक राजेन्द्र प्रसाद कोइरालाले संयुक्त रुपमा खुत्रुके सार्वजनिक गर्दै अभियानको सुरुवात गरेका हुन् । सार्वजनिक गरिएको खुत्रुके बिद्यालयमा राखिनेछ । उक्त खुत्रुकेमा बिद्यालयका विद्यार्थी तथा शिक्षकहरुले पैसा जम्मा गर्नेछन् ।
फाउण्डेसनका अध्यक्ष धुर्मुसले प्याप्सन र हिसान सँग चरणबद्द रुपमा छलफल गरेर नै खुत्रुके सहयोग महाअभियानको सुरुवात गरिएको बताएका छन् । उनले सनराईजबाट शुरु गरिएको यो अभियान चितवनका प्रत्यक बिद्यालयहरुमा चलाइने जानकारी दिएका छन् । यो अभियानलाई कसरी अगाडि लैजाने भन्ने बिषयमा प्याप्सनले योजना बनाईसकेको उनले बताएका छन् । चितवनका सबै बिद्यालय तथा कलेजहरुले रगंशाला निर्माण अभियानलाई आफ्नै अभियानको रुपमा लिनु पर्ने धुर्मुसको भनाई रहेको छ । “यो रगंशाला हाम्रो घरमा बन्दै छ र यो हामीले नै बनाउने हो भनेर सबै बिद्यालय तथा कलेजहरुले पनि अपनत्व ग्रहण गर्नु पर्छ उनले भने, यो खुत्रुके सहयोग महाअभियान सबै ठाउँमा चल्यो भने रगंशाला छिट्टै खडा हुनेछ ।”
उनले सनराईज स्कुलबाट चितवनमा शुरु भएको यो महाअभियानमा सबै एक जुट भएर लाग्ने विश्वास ब्यक्त गरेका छन् । रगंशाला राष्ट्रिय गौरभको योजना भएकोले उनले सबैलाई यो अभियानमा साथ दिन आग्रह गरेका छन् । रगंशाला चितवनमा नै बन्न लागेको कारण यहाँका प्रत्यक नागरिकले यसको अपनत्व ग्रहण गर्नु पर्ने उनले बताएका छन् । यो अभियान धुर्मुस सुन्तलीको मात्र अभियान नभई सबै नागरिकको भएको उनको भनाई रहेको छ । “हामी सबै बिकास प्रेमी नागरिक हौ, हामी बिकास चाहन्छौ र यो अभियान हामी जस्तै बिकास प्रेमी नागरिकहरुको अभियान हो उनले भने, हामी सबै यसमा एक जुट भएर लाग्नु पर्छ ।”
“सबैले यसलाई आफ्नै अभियानको रुपमा लिएर अघी बढ्ने हो भने हेर्दा हेर्दै हाम्रै आँखा अगाडि रगंशाला खडा हुनेछ अनी हामी र हाम्रै सन्ततीले यो रगंशालामा खेल खेल्नेछन् – उनले थपे ।” उनले रगंशाला देशको आवश्यकता भएको बताएका छन् । स्रोत जुटेको खण्डमा ग्यारेन्टी बन्ने नेपालको एउटा परियोजना भएको उनको भनाई रहेको छ । यो रगंशाला निर्माण भए पछी सारा संसारमा नेपालको चर्चा हुने र त्यसले सबैलाई आत्मा सन्तुष्टी मिल्ने उनको विश्वास रहेको छ ।
बिद्यालयका प्रधानाध्यापक राजेन्द्र प्रसाद कोइरालाले धुर्मस सुन्तली फाउण्डेसनले सुरु गरेको रगंशाला निर्माण अभियान राष्ट्रकै गर्वको कुरा भएको बताउदै यसमा सन राईज स्कुल पूर्ण साथ र सहयोग रहने प्रतिबद्दता जनाएका छन् । उनले बिद्यालयका सबै विद्यार्थीहरुलाई खुत्रुके सहयोग महाअभियानमा सहभागी भई सक्दो सहयोग गर्न अपिल गरेका छन् । उनले यो अभियान कुनै एक ब्यक्ती बिशेषको लागि नभई समग्र राष्ट्रको लागि भएकोले सबै बिद्यालयहरुलाई खुत्रुके महाअभियान चलाऊन आग्रह पनि गरेका छन् । यो महत्वपूर्ण अभियानमा सबै नेपाली हातेमालो गरेर अघी बढ्नु उनको भनाई रहेको छ ।
भुत पुर्व विद्यार्थी समाजका अध्यक्ष एवं पुर्व राष्ट्रिय क्रिकेट खेलाडी अनिल अधिकारीले सनराईजबाट शुरु भएको खुत्रुके सहयोग महाअभियान चितवनका सबै बिद्यालयमा चलाईने बताएका छन् । यो महाअभियान करिब ३ महिना सम्म चलाइने उनले जानकारी दिएका छन् । यो महाअभियानबाट संकलित रकम रगंशालाको शिलन्यास हुनु अघी फाउण्डेसनलाई हस्तान्तरण गरिने समेत उनले बताएका छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेट रगंशाला राष्ट्रको आवश्यकता भएको भन्दै सबै नेपालीलाई यो अभियानमा साथ दिन आग्रह गरेका छन् ।