एजेन्सी, २२ मङ्सिर । इंगलिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी म्यानचेस्टर युनाइटेडद्वारा २–१ गोल अन्तरले पपराजित भएको छ ।
सिटीको मैदानमा मार्कोस राष्फोर्डले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई २३ औं मिनेटमा अग्रता दिलाएका थिए । २९ औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाइटेडलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ८५ औं मिनेटमा निकोलस ओटामेन्डीले एक गोल फर्काएपनि सिटी घरेलु मैदानमा २–१ ले हार्यो । डर्बी भिडन्तमा जित निकालेसँगै युनाइटेडले १६ खेलबाट २४ अंक जोडेको छ ।युनाइटेड लिगको पाँचौं स्थानमा रहेको छ । सिटी ३२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । यसैगरी प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नेमाउथलाई ३–० ले हराएको छ । शनिबार राति वर्नेमाउथको घरेलु मैदानमा लिभरपुलले जित निकालेको हो ।
जितसहित लिभरपुलले अंक तालिकामा स्पष्ट ११ अंकको अग्रता बनाएको छ । लिभरपुलले प्लेईङ सेटमा सात खेलाडी परिवर्तन गरेको थियो । जोर्डन हेन्डरसनको लामो पासलाई सदुपयोग गर्दै ओक्सलाडे चेम्बर्लिनले ३५ औ मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए । नाबी केईटाले ४४ औ मिनेटमा लिभरपुलको अग्रता दोब्बर बनाउने काम गरे । मोहमद सलाहाले ५४ औ मिनेटमा लिभरपुललाई ३–० को स्थितीमा पुर्याएका थिए । लिभरपुलले लिगमा आफ्नो अपराजित यात्रालाई कीर्तिमानी ३३ खेलसम्म पुर्याएको छ । उसले जारी सिजनमा १६ मध्य १५ खेलमा जित निकालेको छ ।