१३ औं साग: बंगलादेशविरुद्द नेपालको शानदार जितसंगै फाइनल प्रवेश

१३ औं साग: बंगलादेशविरुद्द नेपालको शानदार जितसंगै फाइनल प्रवेश
खेल समाचार

काठमाडौं,२२ मङ्सिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबल लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई हराएको छ । बंगलादेशलाई १-० ले हराउँदै नेपाल फाइनलमा पुगेको हो । खेलको ११ औं मिनेटमै नेपालले गोल गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरेका हुन् । शुरुवात देखिने नेपालले बंगलादेशलाई निकै दबाब दिईरहेको थियो । मंगलबार ३ बजे नेपालले फाइनलमा भूटानसंग स्वर्णका लागि खेल्ने छ ।

Post Comment