इंग्लिस प्रिमियर लिगमा टुंगियो आर्सनलको जितविहीन यात्रा

इंग्लिस प्रिमियर लिगमा टुंगियो आर्सनलको जितविहीन यात्रा
खेल समाचार

एजेन्सी, २४ मङ्सिर । इंग्लिस प्रिमियर लिगमा आर्सनलले आफ्नो जितविहीन यात्रा टुंग्याएको छ ।

लगातार ९ खेलमा जितविहीन रहेको आर्सनलले सोमबार राति भएको खेलमा वेष्टह्याम युनाइटेडलाई पराजित गरेको हो ।

पहिलो हाफमा १–० ले पछि परेको आर्सनलले दोस्रो हाफमा पुनरागमन गर्दै जित निकालेको हो । एन्जेलो ओग्बोनाले गोल गर्दै वेष्ट ह्यामलाई सुरुवाति अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा गाब्रिएल मार्तिनेलीले बराबरी गोल गरे, निकोलास पेपेले गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।

ओग्बोनाले गोल गर्दै नतिजा ३–१ को बनाए । जितपछि १६ खेलबाट २२ अंक जोडेको आर्सनल नवौँ स्थानमा पुगेको छ। १६ अंकसहित वेष्ट ह्याम १६ औँ स्थानमा छ ।

Post Comment