गत सिजनको सेमिफाइनलिष्ट अजाक्स समूह चरणबाटै फर्कियो

गत सिजनको सेमिफाइनलिष्ट अजाक्स समूह चरणबाटै फर्कियो
खेल समाचार

एजेन्सी, २५ मङ्सिर । गत सिजनको सेमिफाइनलिस्ट डच क्लप अजाक्स यस सिजनमा च्याम्पियन्स लिगको समूह चरणबाटै घर फर्किन बाध्य भएको छ ।

मंगलबार राती भएको खेलमा स्पेनिस क्लब भ्यालेन्सियासँग १-० ले पराजित भएपछि टोली समूह चरणमै निराश हुनुपरेको हो ।

भ्यालेन्सियाको जितमा रोड्रिगोले खेलको २४ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । समूह ‘एच’ अन्तरगत भएको खेलमा अजाक्समाथि हिजोको खेल जित्नैपर्ने अवस्था थियो ।

च्याम्पियन्स लिगको यस सिजनमा घरेलु मैदानमा चेल्सी र भ्यालेन्सियासँगको हार र ४-४ गोलको बराबरी नतिजाले अजाक्सलाई समूह चरणमै सिमित गरिदिएको हो ।

यस समूहबाट भ्यालेन्सिया र चेल्सी अघिल्लो चरण पुगेका छन् ।

Post Comment