एजेन्सी, २६ मङ्सिर । वेस्ट इण्डिज विरुद्धको टि-२० सिरिज भारतले जितेको छ । बुधबार भारतले वानखेडे रंगशालामा इण्डिजलाई ६७ रनले पराजित गर्दै ३ खेलको टि-२० सिरिज भारतले २-१ ले जितेको हो ।
सिरिजको पहिलो खेल भारतले जितेको थियो भने दोश्रो खेल वेस्ट इण्डिजले जितेको थियो । अन्तिम खेलमा इण्डिजले टस जितेर भारतलाई पहिले ब्याटिङ गर्ने निम्ता दिएको थियो । भारतले आफ्नो यस पारीमा तीन विकेटको क्षतिमा २४० रनको स्कोर बनायो ।
भारतको यस पारीमा लोकेश राहुलले सर्वाधिक ९१ रन बनाए भने रोहित शर्माले ७१ र कप्तान विराट कोहलीले अविजित ७० रन जोडे ।
त्यसपछि जवाफी ब्याटिङमा आएको वेस्ट इण्डिजले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १७३ रनमा समेटिएपछि खेल भारतले ६७ रनले जितेको हो ।