मुम्बई, ३ पुस । आइपिएल २०२० को लागि बिहीबार भइरहेको असक्नमा अस्ट्रेलियाका पाट कमिङ्ग्स अहिलेसम्मका महँगा खेलाडी बनेका छन् । उनलाई कोलकता नाइट राइडर्सले १५.५० करोड भारुमा भित्र्याएको छ ।
यस्तै किंग्स इलेवन पञ्जाबले अस्ट्रेलियाकै अलराउन्डर ग्लेन म्याक्सवेललाई १०.७५ करोड भारुमा खरिद गरेको छ । भने दक्षिण अफ्रिकाका क्रिस मोरिस रोयल च्यालेन्जर्स बेंग्लोरमा १० करोड भारुमा आबद्ध भएका छन् ।
यता साम कुरानलाई चेन्नइले ५.५० करोड भारुमा आबद्ध गर्दा आरोन फिन्चलाई बैंग्लोरले ४.४० करोड भारुमा आवद्ध गरेको छ ।
त्यस्तै क्यापिटल्सले १ करोड ५० लाख खर्चेर जासन रोए र राजस्थान रोयल्सले ३ करोडमा भारतका रोबिन उथप्पालाई किनेको छ ।
इयान मोर्गान कोलकातामा ५.२५ करोड भारुमा आबद्ध हुँदा क्रिस लिन २ करोडमा मुम्बइ इन्डिन्यसका लागि ब्रिक्रि भएका छन् ।
तीव्र गतिका बलर जयदेशव उनाडकद राजस्थानमा ३ करोड भारुमा बिक्री हुँदा अस्ट्रेलियाका विकेट किपर एलेक्स कोरीलाई दिल्लीले २.४ करोड भारुमा किनेको छ ।
भारतका चेतेश्वर पुजारा र युसूफ पठान, तीव्र गतिका बलर डेल स्टेन, मोहित शर्मा, शाइ होप, कुशल परेरा, नमन ओझा, मुस्फिकर रहित बिक्री हुन सकेका छैनन् ।