अलाभेसमाथि बार्सिलाेनाले निकाल्यो ४-१ को शानदार जित, शिर्ष स्थान कायमै

अलाभेसमाथि बार्सिलाेनाले निकाल्यो ४-१ को शानदार जित, शिर्ष स्थान कायमै
खेल समाचार

एजेन्सी, ६ पुस । स्पेनिस ला लिगा अन्तर्गत शनिबार घरेलु मैदानमा भएको खेलमा अलाभेसमाथि बार्सिलोनाले शानदार जित निकालेको छ । बार्सिलोनाले अलाभेसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई शानदार जित दिलाउनको लागि क्याप्टेन लियोनेल मेस्सी, एन्टोइन ग्रिज्मन, आर्टुरो भिडाल र लुइस सुआरेजले समान एक/एक गोल गरे । अलाभेसकाे लागि पेरे पोन्सले एक गाेल फर्काए ।

खेलको १४ औं मिनेटमा ग्रिज्मनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले सुआरेजको पासमा गोल गरेको हुन् । त्यस्तै पहिलो हाफकाे अन्तिम मिनेटमा सुआरेजकै पासमा भिडालले गोल गरेपछि बार्सिलोनाले अग्रता दोब्बर बनायो । दोस्रो हाफअन्तर्गत ५६ औँ मिनेटमा पेरे पोन्सलेको गोलमा अलाभेसले गोल अन्तर घटायो । उनले रुबेन डुआर्टेको क्रसलाई हेडरमार्फत गोल गरेका थिए ।

कप्तान मेस्सीले ६८ औं मिनेटमा मेस्सी तथा ७५ औं मिनेटमा पेनाल्टीमार्फत सुआरेजले गोल गरेपछि बार्सिलोनाले ४-१ को अग्रता बनाएको हो ।

यो जितसँगै बार्सिलोनाले १८ खेलमा ३९ अंक जोड्दै शिर्ष स्थान कायमै राखेको छ । दोस्रो स्थानको रियलले एक खेल कम खेल्दै ३६ अंक बनाएको छ ।

Post Comment