एजेन्सी, २३ पुस । सेनेगलका फरवार्ड मानेले इजिप्टका फरवार्ड मोहम्मद सालह तथा अल्जेरियाका विङ्गर रियाद महरेजलाई पछि पार्दै लिभरपुलका साडियो मानेले अफ्रिकी वर्ष खेलाडीको अवार्ड जितेका छन् ।
इजिप्टको हुरगडामा भएको समारोहमा उनीहरू दुबै अवार्ड उपस्थित थिएनन् । सलाह मानेसँगै लिभरपुलमा खेल्छन् भने रियाद म्यानचेस्टर सिटीबाट खेल्दै आएका छन् ।
माने कन्फेडेरेशन अफ अफ्रिकन फुटबल (काफ) ले प्रदान गर्ने यस अवार्डमा पछिल्ला तीन संस्करणदेखि उत्कृष्ट तीनमा पर्दै आइरहेका थिए ।
२७ वर्षीय मानले लिभरपुल २०१८-१९ को च्याम्पियन्स लिगको उपाधि जित्न महत्वपूर्ण योगदान पुर्याएका थिए । उनले गत सिजनमा सबै प्रतियोगितामा गरेर कुल ३० गोल गरेका थिए । यस सिजनमा उनले हालसम्म लिभरपुलका लागि १५ गोल गरिसकेका छन् ।
अवार्ड जितिसकेपछि मानेले भने, ‘म यो जित्दा वास्तवै खुशी र गौरवान्दित छु। फुटबल मेरो काम हो, यसलाई म माया गर्छु’, अवार्ड जितेपछि मानेले भने, ‘म मेरो परिवार, मेरो राष्ट्रिय टोली, कर्मचारी, फेडेरेसन र लिभरपुल फुटबल क्लबलाई धन्यवाद दिन्छु । यो मेरा लागि ठूलो दिन हो ।’