एजेन्सी, २५ पुस । इङ्लिस क्लब टोटेनहमका भरपर्दा फरवार्ड ह्यारी केन करिब चार महिना मैदान बाहिर रहने भएका छन् । ह्यामस्ट्रिङको चोटका कारण शल्यक्रिया गर्नुपर्ने भएकाले केन अप्रिलसम्म मैदान बाहिर रहने पुष्टि क्लबले गरेको छ ।
२६ वर्षीय केन नयाँ वर्षको पहिलो दिन साउथह्याम्टनविरुद्वको खेलमा चोटग्रस्त भएका थिए । उनले प्रिमियर लिगका केही खेलसँगै च्याम्पियन्स लिगको अन्तिम १६ मा जर्मन क्लब आरबी लिपजिगविरुद्वको खेल पनि गुमाउने पक्का भएको छ ।
ङ्ल्याण्डका कप्तान केन मैदान फर्कने समय तोकिएको छैन । क्लबले शल्यक्रिया आवश्यक रहेको जनाउँदै चार महिनापछि मात्रै मैदानमा उत्रन सक्ने जनाएको छ ।
उनी अप्रिलमा तालिममा फर्किने बताइएको छ । उनी सन् २०२० को युरोकप सुरु हुनु दुई महिना अघि मात्र मैदानमा आउने भएका हुन् । ‘मेडिकल स्टाफको पछिल्लो एक साताको निरीक्षणपछि केनको शल्यक्रिया गर्नुपर्ने निचोड निकालिएको हो ।
उत्कृष्ट फर्ममा रहेका केनले इङ्ल्यान्डका लागि र क्लबका लागि यो सिजन ३१ खेलबाट २७ गोल गरिसकेका छन् ।