युएस नेपाल न्युज, नबिर्स पाण्डे, युएई ।
जनबरी 31 तारिख देखी फेब्रुअरी 2 सम्म भएको दुबइ फुजैराह अन्तरार्ष्ट्रिय ताइक्वान्डो च्याम्पियनसिप G2 आयोजना सम्पन भएको छ ।
फुजैराह ओपनको 8अौ सस्करणले 43 देशका 2000 ताइक्वान्डो खेलाडि समाबेश गराएको छ। साथै 13th SOUTH ASIAN GAME-2019 God medal हाने खेलाडि हरु ले पनि सहभागीता गरेको थियो साथै WORLD TAEKWONDO CHAMPIONSHIP का खेलाडि हरुले पनि समाबेश गरेका थिए। यसै खेलमा 43 देश मध्येबाट नेपालबाट पनि नेपालका ताइक्वान्डो खेलाडि करन चन्दले सहभागिता जनाएका हुन ।
2000 खेलाडि सहभागि भएकोमा चन्दले 87+ केजि तर्फ 5 जनालाइ पछी पारदै कांस्य पदक स्थान प्राप्त गर्न सफल भएका हुन । यस सफलता सगै 2019 मा चन्दले युएइमा भएको अन्तराष्ट्रिय खूल्ला 4th युएइ कोरियन फ्रेन्डसिपमा गोलमेडल हासिल गर्न सफल भएका थिए ।
यसै गरी दुबइ इमिरेट्स फुजेरामा भएको अन्तरार्ष्ट्रिय प्रतियोगितामा दुबइ पुलिस क्लब मार्फत् गोलमेडल प्राप्त गरेका थिए ।साथै उनले यसअघि भारतमा भएको जिल्ला स्तरीय weston बम्बई च्यापियनसिप लगाएत भारतमा भएक अन्य 20 प्रतियोगितामा गोल मेडल प्राप्त गर्न सफल भएका थिए । यस च्याम्पियनसिप युएइमा आधारित ताइक्वान्डो खेलाडिहरुको लागि सबैभन्दा महत्त्वपूर्ण खेल भएको छ । जब यो दक्षिण कोरीयामा मुख्यालय भएको वर्ल्ड ताइक्वान्डो द्दरा स्तरउन्नति गरी G2 को त्रमबद्द गरियो थियो ।
त्यस पनि हाल पहिलो अरब ताइक्वान्डो च्याम्पियनसिप आयोजना गर्न सफल भएको हो । यस कार्यकरम फुजैराहका राजकुमार शेख मोहम्मद,बिन हमद बिन,अल सार्कीको संरक्षणमा भएको हो । यस कार्यकरम युएइ ताइक्वान्डो फेडरेशनको सुपरिवेक्षणमा फुजैराह मार्साल आटस क्लबले आयोजना गरेको थियो ।