काठमाडौं, ३ फागुन । क्रिस गेलपछि चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा अनुबन्ध हुने वेष्ट इण्डिजका क्रिकेटर केस्रिक विलियम्स दोस्रो खेलाडी बनेका छन् ।
विलियम्सलाई पोखरा राइनोजले आगामी सिजनको ईपीएलका लागि अनुबन्ध गरेको आयोजकले सामाजिक संजालबाट जानकारी दिएको हो ।
ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।