सन्दीप लामीछाने प्रिमियर लिग (सीपीएल) खेल्न भोलि ट्रिनिडाड जादै

सन्दीप लामीछाने प्रिमियर लिग (सीपीएल) खेल्न भोलि ट्रिनिडाड जादै
खेल

युएस नेपाल न्युज । नेपाली लेगस्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न भोलि ट्रिनिडाड जाने भएका छन् ।

कोरोनाका कारण अन्तर्राष्ट्रिय हवाई उडान बन्द भए पनि उनी भोलि अमेरिका हुँदै ट्रिनिडाड जाने तय भएको हो ।

उनी भोलि बिहान साढे १० बजे हुने चार्टर्ड उडानमार्फत ट्रिनिडाड जाने तय भएको छ । उनी आइतबार वेष्ट इन्डिज पुग्नेछन् ।

लगातार तेस्रो सिजनमा सीपीएल खेल्न लागेका सन्दिप यसपटक जमैका तालावाजबाट खेल्दै छन् । यो टिममा उनी एक लाख ३० हजार अमेरिकी डलरमा अनुबन्ध भएका हुन् ।

सन्दीपको टिम सीपीएलको फाइनलमा पुगेमा त्यसको नौ दिनपछि फेरि इन्डियन प्रिमियर लिग खेल्न उनी यूएई पुग्नु पर्नेछ ।

आईपीएल यूएईमा हुने पक्का भइसकेको छ । तर खेल तालिका र नियमका बारेमा अगष्ट एक तारिखमा आईपीएलको गर्भनिङ काउन्सिलको बैठकले निर्णय गर्नेछ ।

सीपीएल आयोजकले प्रतियोगिता खेल्न आउनुअघि आफ्नो देशमा पीसीआर परीक्षणको रिपोर्ट लिएर आउनु भनेपछि सन्दीपले हिजो कोरोनाको पीसीआर परीक्षणका लागि स्वाब दिएका छन् । उनको रिपोर्ट आज आउनेछ ।

Post Comment