युएस नेपाल न्युज, काठमाण्डौ । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा बार्सिलोनाले लज्जास्पद हार व्यहोरेको छ ।
गएराति भएको खेलमा बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखसँग ८-२ को लज्जास्पद हार व्यहोरेको हो ।
थोमस मुलर र फिलिप कौटिन्होले समान दुई/दुई गोल गर्दै बायर्नलाई जित दिलाए । जितसँगै बायर्नले अन्तिम चारमा स्थान पक्का गर्यो ।