महिला टी २० विश्वकप क्रिकेटको एसिया छनोट सेप्टेम्बर २० देखि

महिला टी २० विश्वकप क्रिकेटको एसिया छनोट सेप्टेम्बर २० देखि
खेल समाचार

नेपालले खेल्ने महिला टी २० विश्वकप क्रिकेटको एसिया छनोट मलेशियामा हुने भएको छ । नेपालसहित भुटान, चीन, कुवेत, हङकङ, म्यानमा, युनाइटेड अरब इमिरेट्स (युएई) र मलेसिया सहभागी हुने सो प्रतियोगिता सेप्टेम्बर २० देखि २६ तारिखसम्म सञ्चालन हुनेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सन् २०२३ मा आयोजना हुने महिला टी २० विश्वकप क्रिकेटका लागि खेल तालिका सार्वजनिक गरेको हो ।

महिला टी २० विश्वकप क्रिकेट प्रतियोगिता सन् २०२३ को फेब्रुअरी ९ देखि २६ तारिखसम्म दक्षिण अफ्रिकामा हुनेछ । पाँच महादेशको क्षेत्रीय छनोट सन् २०२१ को अगष्टदेखि शुरु हुने आइसिसीले जनाएको छ । छनोटमा पाँच महादेशका ३७ देश सहभागी हुनेछन् । छनोट प्रतियोगिता पाँचवटै महादेशमा गराइने एसिसीले जारी गरेको सूचनामा उल्लेख छ ।

Post Comment