काठमाडौँ, ९ पुस । सार्वजनिक यातायातका साधनको यात्रु भाडा दर घटाउने सरकारको निर्णय आजदेखि लागू भएको छ ।
सवारी साधनमा प्रयोग हुने इन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायात भाडा दर एक प्रतिशत घटाउने सरकारको निर्णय आजदेखि लागू भएको हो ।सार्वजनिक यातायातका साधनमा प्रयोग हुने इन्धन डिजेलको मूल्य चार महिनायता पटकपटक गरी १३ रुपयाँले घटेपछि सार्वजनिक यातायातका साधनको भाडा घटाउनुपर्ने आवाज चौतर्फी उठ्न थालेपछि सरकारले भाडा घटाउने निर्णय गरेको थियो ।
यातायात व्यवस्था विभागको सिफारिसमा सरकारले एकदेखि २.७३ प्रतिशतसम्म भाडा घटाएको छ ।नयाँ भाडादरअनुसार यात्रुबाहक सवारी साधानमा एक प्रतिशत, ढुवानीतर्फ तराईमा चल्ने ट्रक तथा कन्टेनरमा २.०७ प्रतिशत र पहाडमा चल्नेमा २.७३ प्रतिशत भाडा घटेको छ । रासस