परासी, १८ माघ । नवलपरासीमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय रजहरलाई सरकारले रु एक करोड रकम अनुदान सहयोग गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुँजीगत अनुदान स्वरुप सामुदायिक प्राकृतिक चिकित्सालयका लागि रु एक करोड रकम उपलब्ध गराएको हो ।
प्राप्त रकमले चिकित्सालयको आधुनिक उपचार पद्धतिसँग जोड्ने गरी भवन निर्माणका साथै आधुनिक उपचार उपकरण खरिद गरिने चिकित्सालयका व्यवस्थापक हरि सापकोटाले जानकारी दिनुभयो ।
“सरकारले रु एक करोड दिए पनि हामी समुदायस्तरबाट सहयोग लिएर रु पाँच करोडको काम गर्न खोजिरहेका छौँ”, सापकोटाले भन्नुभयो, “विभिन्न सामाजिक काम गर्ने दाताहरूले सहयोग गर्ने आश्वासन पनि दिनुभएको छ ।
नयाँ बन्ने भवन वातावरण मैत्री र भूकम्प प्रतिरोध हुने सापकोटाले जानकारी दिनुभयो । नयाँ भवनमा प्राकृतिक चिकित्साको शैक्षिक कार्यक्रम पनि सञ्चालन गरिनेछ । रासस