आउँदैछ हास्य श्रृङ्खला हाक्काहाक्की

समाचार

11113867_1570229239929539_8995044926067801424_nहास्य कालाकार दमन रुपाखेती नयाँ हाँस्यश्रृंखलाका साथ टेलिभिजनको पर्दामा देखिने भएका छन् । केहि पहिले झ्याईँकुटीझ्याई बन्द भएसँगै कामबिहिन बनेका उनी नेपाल टेलिभिजनमा हरेक शनिबार हाक्काहाक्की हास्य श्रृंखलामार्फत दर्शकसामु झुल्किन लागेका हुन् ।

हाक्काहाक्कीमार्फत समाजमा रहेको बिकृति विसंगतिलाई हाँस्यास्पद ढङ्गबाट प्रस्तुत गरि समाज परिवर्तनलाई जोड दिने रुपाखेतीले बताए। उक्त कार्यक्रमलाई सरलरुपले जनतामाझ लेराएको र पेट मिचिमिची हँसाउने हसाउने समेत रुपाखेतीले बताए ।

उक्त कार्यक्रममा दमन रुपाखेती, सुजित थापा, राम थापा, राजु कमेडी, राजु भुजु, राजन चौलागाईं, मणि राज काफ्ले, उमेश कुमार केसी, कमला रेग्मी अर्याल, राधा श्रेष्ठ, कविता शर्मा लगायतका थुप्रै कलाकारहरुले अभिनय गरेका छन्। कार्यक्रमको लेखन–निर्देशन रुपाखेतीले नै गरेका हन्। त्यसैगरी मुख्य सहायक निर्देशन सुजित थापा निर्माण राम थापा र बेवास्तापक उमेश कुमार केसीले गरेका छन्। छायाँकन बुद्ध थापा र सम्पादन मधु सञ्जेलले गरेका हुन्। कार्यक्रम प्रशारणको समय साँझ ८ः५० देखि ९ः३० सम्मको लागि तोकिएको छ ।

Post Comment