डिसी -गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको आसन्न निर्वाचनका अध्यक्षका उम्मेदवारहरुका बीच प्रत्यक्ष बहस कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ l
अध्यक्षका आकांक्षीहरुलाई समेट्दै एनआरएन अमेरिकाको ईतिहासमा यस्तो प्रतक्ष्य बहस कार्यक्रम पहिलो पटक गरिएको हो l विश्वमै अनुकरणीय मानिने प्रजातान्त्रिक शैली,खुला प्रतिष्पर्धा र नेतृत्वका लागि चाहिने ज्ञान,अनुभव,कुटनीति,वाक पटुताको परीक्षण एक साथ हुने गरेको अमेरिकी राष्ट्रपति चुनावमा गरिने बहसलाई मध्यनजर गर्दै यस्तो बहस कार्यक्रम गरिएको भिजन फर नेपाल फाउन्डेशनका अध्यक्ष पत्रकार कृष्ण शर्माले कार्यक्रम शुभारम्भ गर्नु अगाडी जानकारी गराएका थिए l
डेढ घण्टा सम्म चलेको उक्त कार्यक्रम फाउन्डेशनका अध्यक्ष पत्रकार कृष्ण शर्माले कार्यक्रम संचालन गरेका थिए भने बहस कार्यक्रम मार्फत एनआरएनका सदस्यहरुले आफ्नो नेता छान्न सहयोग मिलोस भन्ने उदेश्यले कार्यक्रम गरिएको आयोजकले बताएका थिए l कार्यक्रम गत आइतवार साँझ ६ बजे देखि प्रत्यक्ष बहस कार्यक्रम गरिएको थियो l विभिन्न सामाजिक संजाल मार्फत करिब नौ जना अध्यक्षका प्रत्यासी भएता पनि प्रत्यक्ष बहसमा रमा सिहं, डा केशव पौडेल,दूर्गा दाहाल ,नगेन्द्र पौडेल ,गणेश कुँवर तथा श्री पराजुली सहभागी भएका थिए l
र ,वर्तमान समितिका उपाधक्ष्य श्री पराजुली ले औपचारिक घोषणा गर्न नपाउदै उक्त बहसमा अध्यक्षका प्रत्यासीको रुपमा आफु लाई प्रस्तुत गरेका थिए l कार्यक्रमलाई तीन चरणमा विभाजित गरिएको थियो भने प्रथम चरणमा हरेक उम्मेदवारहरूले चार मिनटको समय आफ्नो बारेमा तथा आफ्ना कार्यसूचीको बारेमा प्रकाश पार्नका लागि समय दिइएको थियो l दोस्रो चरणमा कार्यक्रम सचांलकले चार वटा प्रश्न सबैका लागि सोधेका थिए भने पाचौं प्रश्न हरेक उम्मेदवारका लागि छुट्टा छुट्टै सोधिएको थियो l
र ,तेस्रो चरणमा दर्शक दीर्घाबाट चार वटा प्रश्न सोधिने व्यवस्था मिलाईएको थियो भने दोस्रो र तेस्रो चरणका सबै प्रश्नको जवाफका लागि उम्मेदवारहरूले दुई मिनटको समय दिईएको थियो l कार्यक्रमको अन्त्यमा हरेक उम्मेदवारहरूले आफ्नो समापन मन्तव्यका लागि २ मिनटको समय उपलब्ध गरीएको थियो l नेपाली बर्णानुक्रम अनुसार सर्व प्रथम महिला उम्मेदवार तथा संचार कर्मी रमा सिहंले मौका पाएकी थिइन् l अध्यक्ष पदका प्रत्यासीहरुले सबैले समय भित्र जवाफ दिएका थिए l