रिजवुड नेपाली समाजको नयाँ वर्ष २०७३ सालको शुभकामना आदान-प्रदान कार्यक्रम अप्रिल २४ हुँदै

समाचार

रिजवुड नेपाली समाजले बिगतका बर्षहरुमा नेपाली नयाँ बर्ष सांस्कृतिक RidgeWoodNepaleseSocietyकार्यक्रम गरी भेटघाट तथा शुभकामना आदान-प्रदान गर्ने चाँजो मिलाई आएकोमा यस बर्ष हलको उपलब्धता अलि सहज नभएकोले बरु अलि भिन्न तरिकाले Highland Park मा BBQ तथा पिकनिक कार्यक्रम आयोजना गरी नेपाली नयाँ बर्ष २०७३ को शुभकामना आदान-प्रदान कार्यक्रम मनाउन गैरहेको हुँदा सम्पूर्ण दाजु-भाइ तथा दिदि-बहिनीहरुलाई निम्न मिति, समय र स्थानमा भेला भइदिनु हुन अनुरोध गर्दछौं । आफ्ना नानी-बाबुहरुलाई पनि सहभागी गराई पारिवारिक जमघटको रुपमा सफल बनाउनु हुन हार्दिक अपिल गर्दछौं-

टिकट दर- २० डलर मात्र
१० बर्ष देखि १५ बर्षसम्म- १५ डलर
१० बर्ष मुनिका बच्चालाई निशुल्क

मिति-अप्रिल २४ तारिख, आइतबार
समय-बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म
स्थान- Highland Park ( Next to Jackie Robinson Pkwy & Cypress Ave)

धन्यवाद
आयोजक
रिजवुड नेपाली समाज