कोलोराडो, ४ मे , २०१६ । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल आज वुधवार कोलोराडो आइपुगेका छन । निजी भ्रमणमा अमेरिका आएका वरिष्ठ नेता पौडेलले मंगलवार सान्फ्रान्सिस्कोमा सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए ।
आज दिउसो ४:३० बजे डेनभर एअरपोर्टमा आइपुगेको पौडेललाई स्वागतका लागि जन-सम्पर्क समितिका उपाध्क्ष्य धर्मराज श्रेष्ठ, कोलोराडो चाप्टरका अध्क्ष्य गणेश भण्डारी एअरपोर्ट पुग्नु भएको थियो ।
नेपालको राजनीतिमा आचनक आएको सर्गमीसँग पौडेलले आफ्नो बसाइलाई छोट्याउने बिचार गर्दै गर्दा कोलोराडो चाप्टरको अनुरोधलाई स्वीकार गर्दै दुई दिने भ्रमण आएका हुन ।
बसाईका क्रममा पौडेलले जनसम्पर्क समिति अमेरिका कोलोराडो च्याप्टरले विहिवार सांझ आयोजना गर्ने कार्यक्रममा पनि सहभागिता जनाउने छन् । त्यसवाहेक नेपाली कांग्रेसका स्थानिय कार्यकर्तासंग पनि पौडेलले भेटघाट गर्ने कार्यक्रम छ।
यस पछि न्युयोर्कमा नेपाली कांग्रेसका स्थानिय कार्यकर्तासंग पनि पौडेलले भेटघाट गर्ने कार्यक्रम छ ।