प्युठानमा ३८ को मृत्यु माओवादी केन्द्रिय सदस्य सहित

समाचार

प्यूठान , साउन १३ अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण प्यूठानमा हालसम्म ३८ जनाको मृत्यु भएको छ । मङ्गलबार र बुधबार गरी जिल्लामा ३८ जनाको मृत्यू भएको जिल्ला प्राशासन कार्यालयले जनाएको छ ।

हिरोमा परी गएराति नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर केसीको घरमाथिबाट आएको पहिरोले पुर्दा उनको मृत्यु भएको छ । अविरल वर्षासँगै आएको पहिरोमा परी उनकी श्रीमती विन्दुसँगै ज्यान गुमाएका केसी मङ्गलबार दिनभर पहिरो पीडितको उद्धारमा खटिएका स्थानीयले बताएका छन् ।

पहिरोमा परी अहिलेसम्म सबैभन्दा धेरै फोप्लीमा मानवीय क्षति भएको छ । फोप्ली गाविसको ३, ४ र ६ वडामा मात्रै १४ जनाको मृत्यु भएको छ । मृत्यू हुनेमा फोप्ली–३ का चेतमान पुन, शेरबहादुर पुन, फोप्ली–४ मा एक बालिका र एक बालकको ज्यान गएपनि उनीहरूको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।त्यस्तै फोप्ली–६ का नारायण केसी, दोर्णबहादुर केसी र पवित्रा केसीको मृत्यु भएको छ । घर पहिरोमा परी फोप्ली–३ मा मनिराम पुन, तेजे पुन र खरेली पुनको मृत्यु भएको छ ।

त्यस्तै फोप्ली–६ मा हरिबहादुर केसी, उनकी श्रीमती विन्दु केसी, जाहेश्वर बुढाथोकी र पिमा बुढाथोकीको मृत्य भएको प्रहरीले जनाएको छ । जिल्लाको उत्तरी क्षेत्र अर्खामा भएको घटनामा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्खा–६ का ५२ वर्षीय देवबहादुर बुढा, हिमाल बुढा र जवुना बुढा रहेका छन् । त्यस्तै माजकोट गाविसकी जाली पुन र एक पुरुष तथा एक महिलाको पहिचान हुन सकेको छैन । त्यस्ते खवाङ–७ मा दिलमाया केसी, ३ मा दविले सुनार र सोही ठाँउकै डिके सुनारको मृत्यु भएको छ ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने पुजा–१ मा सुपारी मल्ल र छोरा मुकेश मल्लको पनि पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । त्यस्तै लुङ–६ मा शिबबहादुर सुनारको पहिरोले पुरिएर मृत्य भएको छ । त्यस्तै लुङमा रञ्जना केसी र शुसीला केसीको पुरिएर मृत्यु भएको छ ।

बेपत्ता हुनेमा फोप्ली–३ का चेतमान पुन, उनको छोरी नाम खुल्न सकेको छैन, चेतुना पुन, चेतुना पुनको छोरा र छोरी अझै बेपत्ता छन् । त्यस्तै मानवहादुर पुन, पहिचान नभएको उनको आमा पनि बेपत्ता भएकी छिन् । त्यस्तै लुङ–३ मा शोभा रिजाल, काली परियार, किरण थापा, खवाङ–३ का कुटुरी सुनार बेपत्ता रहेको प्रहरीले जनाएको छ । त्यसैगरी मृत्यु हुनेमा फोप्ली ३ का आठ महिने बालिका नेपुली घर्ती, सेत्तु पुन, शेरे पुन, दोमन्ता पुन, कुमारी पुन, चेतीमा पुन, नन्दी पुन, खोप्ली पुन, मने पुन, सागर पुन, त्यस्तै फोप्ली– ४ का सेमली पुन र छमी पुन रहेका छन् ।