अमेरिका एयर बेलुनमा आगो लागेर १६ को मृत्यु

समाचार

baloon_crash2

१६ साउन, काठमाडौं । अमेरिकाको टेक्सस राज्यमा तातो हावाको भरिएको बेलुनमा आगो लाग्दा १६ जनाको ज्यान गएको छ ।अमेरिकी अधिकारीका अनुसार दुर्घंटनामा कसैलाई जीवितनै उद्धार गर्ने सम्भावना छैन

अधिकारीहरुका अनुसार दुर्घटना स्थानीय समय अनुसार विहान ७ बजेर ४० मिनेटमा भएको थियो । दुर्घटना के कारणले भयो भन्ने अझै खुल्न सकेको छैन । एयर बेलुन खेतमा झरेको थियो । दुर्घनास्थल टेक्सासको राजधानीबाट ५० किलोमिटरको दूरीमा रहेको बीबीसीले जनाएको छ ।
स्थानीय सञ्चार माध्यमहरुमा देखाइएको भिडियोमा एयर  बेलुन बिजुलीको तारको नजिकबाट तल खस्दै थियो ।

लोकहार्टबाट फक्स न्यूज एजेन्सीका रिपोर्टरले बताए अनुसार एक घण्टाको लागि उडान भरेको उक्त बेलुन आधा घण्टामानै सम्पर्क बिहिन भएको थियो ।

एक प्रत्यक्षदर्शीका अनुसार गोली चल्ने जस्तो आवाज आएपछि बेलुनमा आगो लागेको देखिएको थियो ।