ओबामा: डोनाल्ड ट्रम्प राष्ट्रपति बन्न अयोग्य ।

समाचार

 

१९ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति बराक ओबामाले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प राष्ट्रपति बन्न योग्य नभएको बताएका छन् ।

barack_obamaउनले प्रश्न गरेका छन्, उनको पार्टीले अहिलेसम्म यी अरबपतिलाई किन समर्थन गरिरहेको छ ? ओबामाले भनेका छन्- विगतका रिपब्लिकन उम्मेदवारहरुको तुलनामा ट्रम्पमा दुनियाँको सबैभन्दा बलियो पदमा बस्नका लागि न त फैसला लिने क्षमता छ न त स्वभाव नै ।

ट्रम्पले पनि ओबामालाई असफल नेता भएको आरोप लगाएका छन् र प्रतिद्वन्द्वी हिलारी क्लिन्टन समेत कुनै पनि सरकारी विभागका लागि योग्य नभएको बताएका छन् । बाराक ओबामाले यो पनि भनेका छन् कि उनी धेरै पूर्व रिपब्लिकन राष्ट्रपति र उम्मेदवारहरुको नीतिप्रति संयोग मान्दैनन् तर उनले कहिल्यै पनि कसैको बारेमा यो पनि सोचेका थिएनन् कि उनी राष्ट्रपतिको रुपमा काम गर्न सक्दैनन् । ओबामाले भनेका छन्, ‘रिपब्लिकन पार्टीका उम्मेदवार राष्ट्रपति पदका लागि अयोग्य छन् र उनी आफैले यो कुरा लगातार साबित गर्दै आएका छन् ।’