सपथ लिन किन गएनन् अर्जुननरसिंह केसी ?

समाचार

download

काठमाडौं, साउन २० । देश र जनातको निम्त राजनीति गरेको भन्दै आदर्शका गफ छाँट्ने नेताहरु मन्त्री र मन्त्रालय भनेपनि कत्ति सारो बेइमानी हुँदा रहेछन् भन्ने कुरा बर्तमान सरकारको सपथ ग्रहण गर्ने अन्तिम क्षणमा छर्लङ्ग भएको छ ।

यसै सन्दर्भएमा गृहमन्त्री नपाएको झोकमा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी सपथ लिन नैं गएनन् । काँग्रेसले पठाएको मन्त्रीको लिष्टमा उनको नाम पनि थियो, तर मन्त्रालय भने तोकिएको थिएन । गृहमन्त्रीको दाउ छोपेर बसेर केसी आफुले रोजेको मन्त्रालय आफ्नै पार्टीका बिमलेन्द्र निधीले कव्जा गरेपछि सपथ लिन नगएका हुन् ।
पार्टी सभापति शेरबहादुर देउवाले भने उनलाई रक्षा वा स्वास्थ्य मध्ये एक रोज्न आग्रह गरेको स्रोतले जनाएको छ ।