संखुवा सभा कम्युनिटी अफ यु एस ए (संखुवा सभा समाज अमेरिका)को आयोजनामा अगष्ट ७ ,२०१६ मा कोलोराडामा रहनु भएका संखुवा सभा जिल्लाबासीहरुको पहिलो वनभोज तथा आपसी विचार विमर्श कार्यक्रम सम्पन्न भयो ।
कोलोराडोको थ्रोटन सिटीस्थित नर्थग्लेन पार्कमा सम्पन्न वनभोजमा १५३ जनाको उपस्थिति उक्त कार्यक्रमको उदघोषक समाजका महासचिब हरिकुमार श्रेष्ठले गर्नु भएको थियो । वनभोज कार्यक्रमको फेसबुक मार्फत प्रत्यक्ष प्रसारण समाजका पब्लीक रिलेशन अफिसर बिनय चन्द्र दाहाल र टेक्नीकल अफिसर ई . अनिमेष श्रेष्ठले गर्नु भएको थियो ।
संखुवा सभा कम्युनिटी अफ यु एस ए (संखुवा सभा समाज अमेरिका)का अध्यक्ष शान्ति श्रेष्ठले बनभोजमा अमुल्य समय दिएर उपस्थित हुनु हुने कोलोराडो राज्यमा रहेका सामाजिक संघ, सस्थाका उपस्थित प्रतिनिधिहरु ,आमन्त्रित महानुभाबहरु र कोलोराडामा रहनु भएका संखुवा सभा जिल्लाबासीहरु सबैलाई धन्यबाद दिनु भै अगष्ट २०, २०१६ मा संखुवा सभा समाज बेलायतले आयोजना हुने संखुवा सभा महोत्सब बेलायतको बारेमा जानकारी गराउनु भै संखुवा सभा कम्युनिटी अफ यु एस ए (अमेरीका) तर्फबाट पनि सो कार्यक्रममा सहभागिता जनाउने कुरा प्रकाश पार्नु भएको थियो ।
सो वनभोज कार्यक्रममा सौजन्य दिनु हुने नारायण श्रेष्ठ , शान्ति श्रेष्ठ बाहिर स्टेटबाट आउनु भएका दुर्गा दाहाल क्यालीफोरनिया, बिष्णु पौडेल सितल भर्जिनियालाई संखुवा सभा समाज अमेरिकाको तर्फबाट खादा लगाई सम्मान , स्वागत गरिएको थियो ।
कार्यक्रममा समाजका संरक्षक तथा समाजका अन्तराष्ट्रिय समन्वय कर्ता नारायण श्रेष्ठले नमुनाको गाँउ ,नमुनाको संखुवा सभा बनायौ । जो ब्यक्ति जन्मेको घर बिर्सन्छ भने त्यस्तो ब्यक्तिबाट काम लिन सकिन्न । पहिलो आफु जन्मेको घर ,गाँउ हेर्नु पर्यो । संखुवा सभा जिल्लाको कुनै पनि कुना ( गाँउ)मा केहि भबितब्य परि आएको खण्डमा सहयोग चाहिएको अबस्थामा मेरो जिउ, मन , धनबाट सहयोग गर्ने प्रतिबद्धता जनाउदै संखुवा सभा जिल्लाको बिकाशमा हातेमालो गर्न सबैलाई आबहान गर्नु भएको थियो । समाजका सल्लाहाकार क्यालीफोरनियाबाट आउनु भएका दुर्गा दाहाल , सल्लाहाकार धर्म राज श्रेष्ठ कोलोराडो , सल्लाहाकार सुरेन्द्र श्रेष्ठ कोलोराडो भर्जिनिया राज्यबाट आउनु भएका समाजका बोडका सदस्य बिष्णु पौडेल सितलले पनि आफनो मन्तब्य राखि शुभ कामना दिनु भएको थियो ।
अमेरीकामा बयालीस बर्ष देखि बसोबास गरि हाल कोलोराडोको गोल्डेन सिटि बस्नु हुने प्रोफेसर डा.श्री बिष्णु बहादुर श्रेष्ठ( नेपालमा घर तेरथुम मावलि संखुवा सभाको सिभुवा ) कोलोराडो राज्यमा रहेका सामाजिक संघ, सस्थाका उपस्थित प्रतिनिधिहरु एन आर एन कोलोराडो च्याप्टरका सभापति बासुदेब खनाल, रक्की माउण्टेन फ्रेन्ड अफ नेपाल कोलोराडोका महा सचिब बिनोद त्रिपाटी , नेपाली प्रवासी मन्च कोलोराडो च्याप्टरका सभापति जगत नारायण श्रेष्ठ ,तमुधि कोलोराडोका अध्यक्ष चन्द्र मान गुरुङ्ग ,रक्की माउण्टेन फ्रेन्ड अफ नेपाल कोलोराडो सभापति शरद आचार्य र अन्तराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष श्री पदम बिश्वकर्माले शुभकामना दिनु भएको थियो ।
बनभोजमा हिमालय लायन्स कल्ब लङ्गमन्थका सभापति जोशन श्रेष्ठ, नेवा खल कोलोराडो अध्यक्ष प्रेम काजी श्रेष्ठको उपस्थिति थियो ।
कलाकारहरुबाट नाचगान समेत भएको कार्यक्रममा स्वादिष्ठ खाना बाक्लो उपस्थितहरु मध्ये केहि ब्यक्तिहरुको परिचय सहित फेस बुकबाट प्रत्यक्ष प्रसारण भएको थियो ।
बनभोज कार्यक्रममा संखुवा सभा जिल्लाको खाँदबारीमा जनसमुदायहरुबाट बुध्द बिहार भवन निर्माण र संखुवा सभा जिल्लाको वाना मा निर्माण हुने खेलकुद मैदानमा ब्यक्तिगतरुपमा सहयोग गर्न सबैलाई संखुवा सभा कम्युनिटी अफ यु एस ए (संखुवा सभा समाज अमेरिका) को तर्फबाट अनुरोध गरिएको थियो ।