प्रतिनिधि विवादका कारण नेविसंघको निर्वाचन प्रक्रिया प्रभावित

समाचार

nebisang

काठमाडौ, साउन २८ । काठमाडौंमा जारी नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको महाधिवेशनमा मतदाता सुचीमा विवाद देखिएको छ ।

मतदाता सुचिमा विवाद देखिए पछि नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको निर्वाचन प्रक्रिया प्रभावित बनेको छ ।

पार्टीको निर्देशक समितिले गएराति अबेरसम्म छलफल गरेर विवाद मिलाएको दाबि रहेको छ ।

यसअघि करिब ३३ सय प्रतिनिधि रहेको बताइएपनि विवादका कारण ३५ सय प्रतिनिधि पुगेको छ ।

प्रतिनिधिको सुचीमा सहमति जुटेसँगै निर्वाचन समितिले आज मतदाताको अन्तिम नामवली सार्वजनिक गर्नेछ । सम्वभतः भोलीबाट निर्वाचन प्रक्रिया सुरु हुने र आइतबार निर्वाचन हुने निवि संघका नेताहरुले बताएका छन् ।