माओवादी नेता जनार्दन शर्माले राजीनामा दिने

समाचार

20141231401265

काठमाडौँ २८ साउन । व्यवस्थापिका संसद् सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्माले आफ्नो पदबाट राजीनामा दिने जानकारी दिएका छन् ।
समितिको आजको बैठकको प्रारम्भमा उनले सो जानकारी गराउँदै बदलिँदो राजनीतिक परिस्थितिमा आफूले पदबाट राजीनामा दिन लागेको बताए ।
दोस्रो संविधानसभाको निर्वाचनपछि गठन भएको व्यवस्थापिका संसद् अन्तर्गतको सो समितिको सभापति पदमा शर्मा सर्वसम्मत चयन भएका थिए ।