लङमन्ट निवासी नेपालीहरुको पिकनिक सम्पन्न – फोटो फिचर

समाचार

कोलोराडो स्थित लङमन्टमा रहेका नेपालीहरु बिच भेटघाट, एक आपसमा समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले आयोजना गरिएको पिकनिक विभिन्न कार्यक्रम संगै सनिबार सम्पन्न भयो ।

Longmont-2016-Picnic10012

लङमन्ट नेपाली परिबारको आयोजना तथा हिमालयज लायन्स क्लब लङमन्टको संयोजनमा संम्पन्न पिकनिकमा स्थानीय मेयर डेनीस कुम्ब, सिटी काउन्सिलर जोअन पेक, लायन्सका एन ई ६ का डिष्टीक गर्भनर केन नोर, रकि माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष शरद आचार्य, नेपाली घरका अध्यक्ष योगराज गौतम, नेपाली घरका  पुर्व-अध्यक्ष नारायण श्रेष्ठ,  एनआरएन कोलोरडोका अध्यक्ष बासुदेब खनालको उपस्थिती रहेको थियो ।

Longmont-2016-Picnic10003

Longmont-2016-Picnic10002

त्यसैगरि अन्य अतिथीहरुमा नेपाली जनसम्पर्क समिती कोलोराडो च्याप्टरका अध्यक्ष गणेशराज भण्डारीे, प्रवासी मन्चका अध्यक्ष जगत श्रेष्ठ, अन्तराष्ट्रिय साहित्य समाजका अध्यक्ष भुपेन्द्र महत, नेवा खःलका अध्यक्ष प्रेमकाजी श्रेष्ठ, समाजसेवी शुरेन्द्र श्रेष्ठ, बिआरटी नेपाल डटकमका शैलेस पोख्रेल, यूस नेपाल न्यूजका विकल पराजुली, नायक नवराज श्रेष्ठ, गायक महेश बुढाथोकी, क्यालिफोर्निया बसेर हलिवूड फिल्म बनाउने कलाकार तथा निर्देशक जसवन्त श्रेष्ठ, लगायत विभिन्न अतिथीहरुको कार्यक्रमा उपस्थिती रहेको थियो ।

स्थानीय रमणिय पार्कमा सम्पन्न कार्यक्रममा लायन्स क्लबका अध्यक्ष जोशन श्रेष्ठले उपस्थित अतिथीहरु सबैलाई स्वागत गर्दै लङमन्ट सिटीमा धेरै नेपाली बसोबास गर्ने भएपनि एक अर्कामा भेटघाट चिनाजानी नभएकोले आपसमा चिनाजानी, समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले कार्यक्रम आयोजना गरेको बताए ।

कार्यक्रममा प्रमोद श्रेष्ठले, संजय प्रधान, पूर्ण श्रेष्ठ, लिला श्रेष्ठ, शरद आचार्य, लगायतका गायकहरुले बिभिन्न किसिमका गित गाएर सहभागीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । पिकनिक कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्न पुर्ण श्रेष्ठले सहभागीहरुलाई बिङ्गो खेलाएका थिए ।

Longmont-2016-Picnic10006

Longmont-2016-Picnic10005

Longmont-2016-Picnic10004

बाल बालिकाहरुलाई मनोरञ्जन प्रदान गर्न म्यूजिकल चियर, स्पोन एण्ड बल, पिन्याता, त्यसैगरि महिला म्यूजिकल चियर, डोरी तान्ने लगायतका खेल प्रतियोगिता आयोजना गरिएको थियो । खेलमा विजयी प्रतियोगीहरुलाई कार्यक्रममा उपस्थित बिभिन्न अतिथीका हातबाट नगद तथा अन्य पुरस्कार प्रदान गरिएको थियो ।

Longmont-2016-Picnic10017

Longmont-2016-Picnic10015

Longmont-2016-Picnic10014

Longmont-2016-Picnic10009

Longmont-2016-Picnic10008

Longmont-2016-Picnic10013

Longmont-2016-Picnic10011

Longmont-2016-Picnic10010

Longmont-2016-Picnic10007

कार्यक्रममा कतिपयले आबश्यक पर्ने पानी, अचार, सोडा, साउन्ड सिष्टम लगायतका सामग्री सौजन्य उपलब्ध गराएका थिए । स्थानीय युवाहरुको विशेष सकृयतामा सम्पन्न पिकनिको लागी आवश्क अन्य खानेकुुरा स्थानीय एभरेष्ट रेष्टुरेष्टका प्रेमकाजी श्रेष्ठले तयार बनाई सहयोग गरेका थिए ।

Longmont-2016-Picnic10001

Longmont-2016-Picnic10016

Post Comment